Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरकी महिलामा मृत्युपछि कोरोना पुष्टि


    शुक्रबार, भाद्र १२ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरमा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमि नगरपालिका ३ गट्ठाघर निवासी ६४ वर्षीया महिला नागरिक अस्पताल मृत्यु भएको थियो ।

    अस्पताल पुर्‍याइदा नै मृत्यु भएकाले घरपरिवारसँग बुझ्दा उनमा कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण पाइएको र सोहीअनुसार परीक्षण गराउँदा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका नायब मेडिकल निर्देशक डा.अशोक राईले जानकारी दिए ।

    ती महिलामा दम र उच्च रक्तचापको समस्या रहेको समेत बताइन्छ । कोरोना संक्रमित महिला राखेकाले अस्पतालको आकस्मिक र बहिरंग सेवा हाललाई बन्द गरिएको अस्पतालका सञ्चालक निर्देशक जीतेन्द्र श्रेष्ठले जानकारी दिए । उनले अस्पताल निर्मलीकरण गरेर मात्रै बन्द भएका सेवा सूचारु गरिने स्पष्ट पारे ।

    उनले मृतक महिलाको शव व्यवस्थापन गर्न भक्तपुरको सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणले काठमाडौंको पशुपतिस्थित विद्युतीय शव दाहगृह लगेको बताए ।

    योसँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि सूर्यविनायक नपाका दुई महिला र एक पुरुष गरी ३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार