Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपनिर्वाचन: तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई उठाउने रास्वपाको तयारी ?


    बिहिबार, चैत्र १६ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ-१ मा युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको छ ।

    अर्थविद् डा. स्वर्णिम वाग्लेले आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट तनहुँ क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा गर्ने चर्चा चलेको हो ।

    रास्वपाले डा. वाग्लेसँग कुराकानी भइसकेको पुष्टि गरेको छ । डा. वाग्लेले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

    “तनहुँ–१ मा चुनाव लड्ने विषयमा डा. स्वर्णिम वाग्लेसँग कुराकानी भएको छ,” रास्वपाका महामन्त्री डा. मुकुल ढकालले भने, “निर्णय गर्न हाम्रो निश्चित प्रक्रिया छ । त्यसैले अहिले नै उहाँ उमेदवार हो वा होइन भनेर भन्न सकिँदैन ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार