Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्रेड युनियन नेतालाई चलाउन खोज्दा लेखापालको सरुवा नै अबरुद्ध


    शुक्रबार, भाद्र १२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले देशभरका लेखापालको सरुवा नै गर्न सकेको छैन । सोमबार नै गर्नुपर्ने सरुवा एक लेखापालका कारण अड्किन पुगेको महालेखा नियन्त्रक कार्यालयका एक अधिकारीले बताएका छन् । उनका अनुसार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका लेखापाल लेखनाथ कोइरालाका कारण नै सरुवा रोकिएको हो ।

    कोइरालाले सरुवा रोग अस्पतालमै थमौती गर्नका लागि चर्को दबाब दिंदैआएका छन् । नेकपा निकट नेपाल निजामती कर्मचारी युनियनको बरिष्ठ उपाध्यक्ष भएकाले आफ्नो सरुवा नगर्न, गर्नैपरे परराष्ट्र मन्त्रालयमा हुनुपर्ने भन्दै महालेखा नियन्त्रक गोपी मैनालीलाई उनले दबाब दिंदैआएकाले पनि लेखापाल सरुवा अवरुद्ध हुँदैआएको छ । परराष्ट्रमा सरुवा गर्न महालेखा नियन्त्रक मैनालीले सक्दैनन् भन्ने जानेरै उनले त्यो माग राखेर सरुवा रोग अस्पतालमै थमौती हुने मार्ग अबलम्बन गरेका छन् ।

    कोरोना भाइरस संक्रमणपछि सरुवा रोग अस्पतालमा खरिदका धेरै कार्यहरु भएका छन् । खरिदमा भएको अपारदर्शीताबारे खोजीनीति हुने भएकाले पनि उनी त्यहाँबाट सरुवा हुन नचाहेको स्रोत बताउँछ । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि सरुवा रोग अस्पतालको खरिद प्रक्रियामा भएका अपारदर्शीताका बारेमा उजुरी परेकाले उनी त्यहीँ बस्न चाहिरहेका छन् । उसले त्यसका लागि नेकपा निकट ट्रेड युनियनको बरिष्ठ उपाध्यक्ष पदको दुरुपयोग गरेका छन् । एक ब्यक्तिका लागि महालेखा नियन्त्रकको सरुवा प्रक्रिया अवरुद्ध हुँदा आकर्षक कार्यालयमा कार्यरत लेखापालहरु भने मख्ख छन् । उनीहरु सरुवा नै नहोस् भन्ने पक्षमा रहेका छन् । अधिकांश निजामती कर्मचारी युनियन संघका कर्मचारी आकर्षक कार्यालयमा छन् । त्यही भएकाले महालेखा नियन्त्रक कार्यालयको युनियन चुपचाप छ । सरुवा चाहिएको संगठन समर्थकलाई हो । तर सरुवा नै रोकेर संगठनका बरिष्ठ उपाध्यक्ष कोइरालाले आफ्नोमात्र हित हेरेको भन्ने आरोप छ ।

    लेखाको सरुवामा संगठनको तर्फबाट उनी आफूले जिम्मा पाएको भन्दै महालेखा नियन्त्रकसँग आफ्नो सरुवामा मात्र केन्द्रित भएर प्रस्तुत हुने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । उनी नेतागिरी गर्ने र सरुवा रोग अस्पतालमा लेखामा काम गर्नका लागि करारमा सहायक राखेका छन् । 
    यसअघि लेखापाल कोइराला शान्ति कोष सचिवालय र एडीबी सडक परियोजनाको लेखापाल भइसकेका छन् । शान्तिकोषमा हुँदा करारमा कर्मचारी राखेर शोषण गरेको उजुरी पनि उनीबिरुद्ध परेको थियो । ट्रेड  युनियनको नाममा सधैं लाभ लिनेमा लेखापाल कोइराला अग्रपंक्तिमा पर्दछन् । 

    पद हत्याउन गुट परिवर्तन गरी बस्ने भनेर चिनिने उनी अहिले नेकपामा सत्तापक्ष केपी ओली समूहले बिश्वास नगरेपछि माधव नेपाल समूहको भनी सौदाबाजी गर्न समेत चुक्दैनन् । तर माधव नेपाल समूहबाट उनी धेरै पहिले नै अविश्वसनीय ब्यवहारका कारण टाढिइसकेका छन् । उनको यस्तै कार्यशैलीका कारण संगठनका तमाम इमानदार कार्यकर्ता मर्कामा परेका छन् । लेखापाल(नासु) पदमा जागिरे यिनको सानसौकतपूर्ण जीवनयापन देखेर निजामती सेवाका कर्मचारी नै चकित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार