Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८३ वर्षीय वृद्धको कोभिडबाट मृत्यु


    शुक्रबार, भाद्र १२ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट सङ्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताउनुभयो ।

    झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो । एक साता अघि उहाँ नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल जानुभएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उहाँकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो । हाल उहाँकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचाररत हुनुहुन्छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार