Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकार र मिटरब्याज पीडितबीच वार्ता पुनः बस्ने गरी सकियो


    बिहिबार, चैत्र १६ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकार र मिटरब्याज पीडित किसानबीच आज बिहीबार दिउँसो गृह मन्त्रालयमा भएको वार्ता फेरी बस्ने गरी सकिएको छ ।

    उक्त वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए ।

    मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।

    वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छत ।

    मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवानले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार