Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी, सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल


    बिहिबार, चैत्र १६ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। जारी उक्त बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको छ ।

    बैठकले सरकारमा जाने मन्त्री र वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने नेताहरुले बताएका छन् ।

    सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ ।

    नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारीमा छ ।कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुंगो लगाए आजै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार