Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    बिहिबार, चैत्र १६ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रियसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार