काठमाडौं । माइतीघर–सूर्यविनायक छ लेन सडक विस्तारका लागि कोटेश्वर–जडीबुटी खण्डको सर्भिस लेनमा रहेको जटिल अवरोध हटेर सर्भिस लेन कालोपत्रे भइसकेको छ । तर, त्यसअघि नै अवरोध हटिसकेको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिणको सर्भिस लेन भने अझै नबन्दा उक्त सडक खण्डमा हुँदैआएको ट्राफिक समस्या ज्यूँका त्यूँ छ।
यही कारण मनोहरामा बनेका सर्भिस लेनको उत्तरतर्फको पुल बस तथा मिनी बसका लागि निःशुल्क पार्किङस्थल बनेको छ र माइतीघर–सूर्यविनायक सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। समग्रमा भने बाटो नखुल्नुले ट्राफिक समस्या मात्र बढाएको छैन, पूर्वाधार विकासमा सरकारका सम्बन्धित निकायको प्राथमिकताको पनि पोल खोलेको छ।
जडीबुटी चोकमा सडक विस्तार गरिए पनि चोकदेखि पूर्व मनोहरा खोलाको पुलसम्म मूल सडकका दायाँ र बायाँ बनाइएको सर्भिस लेन निर्माण हुनसकेको छैन। सर्भिस लेन निर्माण नभएसम्म सो क्षेत्रमा सवारी जामको समस्या समाधान हुन नसकेको हो। जापानी सहयोग नियोग (जाइका)को सहयोगमा २०६१ सालमा माइतीघर–सूर्यविनायक सडक छ लेनमा विस्तार भएको थियो।
माइतीघर–सूर्यविनायक सडकको जडीबुटी चोकको पश्चिम–उत्तर चोकमा रहेको एउटा घर नहटाउँदा छ लेनको अति व्यस्त सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। गत भदौमा काठमाडौँ महानगरपालिका र काठमाडौँ सडक डिभिजन कार्यालयको समन्वयमा सो घर हटाइएपछि सडक विस्तार कार्य सुरु भएको थियो। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend