Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना महामारी रोक्न स्वास्थ्यमन्त्री र हिसानका पदाधिकारीबीच छलफल


    बिहिबार, भाद्र ११ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणमा नेपाल स्काउट र उच्च माध्यामिक विद्यालय संघ (हिसान)का तर्फबाट हुन सक्ने सहयोगका विषयमा बिहीबार मन्त्रालयमा छलफल गर्नुभएको छ ।

    मन्त्री ढकाललले नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारी र संघका अध्यक्ष रमेश सिलवालसँग कोरोना रोकथाम र नियन्त्रणमा खेल्ने सक्ने भूमिकाका बारेमा छलफल गर्नुभएको हो । महामारीमा सबैको समन्वयमा काम गरेमात्र प्रभावकारी परिणाम निस्कने भन्दै मन्त्री ढकालले आवश्यक सहयोगका लागि तयार रहन अनुरोध गर्नुभयो ।

     छलफलमा महामारीको यस समयमा कलेजका भवन, होस्टल, बसलगायतका स्रोतको सदुपयोग सरकारले गर्ने बारेमा सकारात्मक कुराकानी भएको छ । छलफलमा हिसानका अध्यक्ष रमेश सिलवाल र स्काउटका अध्यक्ष भण्डारी दुबैले कोरोना महामारीको यो समयमा सरकारले लिने कुनै पनि कदममा साथ दिन तयार रहेको जानकारी दिनुभयो । उहाँहरूले मन्त्रालयले गर्ने प्रस्तावमा मिलेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार