Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रालय भागवण्डा टुंग्याउन बालुवाटारमा फेरि छलफलमा जुटे गठबन्धनका नेता


    बुधबार, चैत्र १५ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारमा भागबण्डा मिलाउन तथा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा फेरि बसिरहेको छ । आज बिहान एक चरण छलफल गरेर विनानिष्कर्ष उठेका नेताहरू फेरि छलफलमा जुटेका हुन् ।

    आजै केही मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ । दुई चरणमा गरी मन्त्रिपरिषद् विस्तार गर्ने नेताहरूबीच सहमति भएको भनिएकोमा अझै भागबन्डा नटुंगिदा आज विस्तार हुनसक्ने सम्भावना कम रहेको एक नेताले बताए ।

    प्रचण्डले आज केही मन्त्री नियुक्ति गर्नेगरी साझेदार दलहरूसँग नाम मागेका थिए । नेकपा एसले भने तीन मन्त्रालयको अडान कायमै रहेको भन्दै प्रधानमन्त्रीबाट जवाफ आएपछिमात्र मन्त्रीको नाम दिने निर्णय गरेको छ ।

    यसैगरी प्रभावशाली मन्त्रालयमा पनि दलहरूको दाबी भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएको १ हप्ता नाघिसक्दा पनि सरकार विस्तार गर्न सकेका छैनन् ।

    फागुन १५ गतेयता १६ वटा मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राख्नुपरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार