काठमाडौं । सरकारमा भागबण्डा मिलाउन तथा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा फेरि बसिरहेको छ । आज बिहान एक चरण छलफल गरेर विनानिष्कर्ष उठेका नेताहरू फेरि छलफलमा जुटेका हुन् ।
आजै केही मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ । दुई चरणमा गरी मन्त्रिपरिषद् विस्तार गर्ने नेताहरूबीच सहमति भएको भनिएकोमा अझै भागबन्डा नटुंगिदा आज विस्तार हुनसक्ने सम्भावना कम रहेको एक नेताले बताए ।
प्रचण्डले आज केही मन्त्री नियुक्ति गर्नेगरी साझेदार दलहरूसँग नाम मागेका थिए । नेकपा एसले भने तीन मन्त्रालयको अडान कायमै रहेको भन्दै प्रधानमन्त्रीबाट जवाफ आएपछिमात्र मन्त्रीको नाम दिने निर्णय गरेको छ ।
यसैगरी प्रभावशाली मन्त्रालयमा पनि दलहरूको दाबी भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएको १ हप्ता नाघिसक्दा पनि सरकार विस्तार गर्न सकेका छैनन् ।
फागुन १५ गतेयता १६ वटा मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राख्नुपरेको छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend