Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रवक्ता खतिवडा भन्छन्- हामीले धेरै त्याग गरेका छौं, ३ मन्त्रालय नपाएसम्म मन्त्रीको नाम पठाउँदैनौं


    बुधबार, चैत्र १५ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै ३ मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने भएको छ।

    पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले तीन मन्त्रालय पाउनुपर्ने बताए।

    ‘धेरैबेर छलफल गर्‍यौं, ३ मन्त्रालय हामीलाई दिनुपर्छ। ३ मन्त्रालय नपाएसम्म मन्त्रीको नाम पठाउँदैनौं। प्रधानमन्त्रीको जवाफको प्रतिक्षामा बसिरहेका छौं,’ उनले भने, ‘कुनै पनि बेलामा निर्णय गर्ने गरी हामी तयार भएका बसेका छौं।’

    उनले आफूहरूले धेरै त्याग गरेको पनि बताए। ‘हामी एक होइन ३ जनाको नाम दिन तयार भएर बसेका छौं। एक जनालाई मात्रै मन्त्री बनाउने भनेर चर्चा गरिएकै छैन,’ उनले भने, ‘३ मन्त्रालय नदिएसम्म हामी मन्त्रीको नाम भन्दैनौं।’

    ३ मन्त्रालय नपाएसम्म सरकारमा सहभागी नहुने अडानमा आफूहरू रहेको खतिवडा बताउँछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार