Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विदेशबाट फर्किए ४३७ नेपाली


    बिहिबार, भाद्र ११ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन् । यी उडानमार्फत नेपाल आएका यात्रुको सङ्ख्या ४३७ रहेको छ । नेपालबाट ३०० यात्रु र चार बच्चा बाहिरिएको विमानस्थल कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

    नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा १५४ यात्रु र दुई शव काठमाडौँ ल्याएको छ । हिमालय एयरलाइन्सले २६३ यात्रु र चार शव नेपाल ल्याएको छ । त्यस्तै टर्किस एयरलाइन्सले इस्तानाबुलबाट २० यात्रु नेपाल ल्याएको छ भने काठमाडौँबाट २०३ यात्रु र चार बच्चा लिएर उडेको छ ।

    आज राति नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्स क्वालालम्पुर र चीनको चोङकीङ्ग प्रस्थान गर्ने तालिका रहेको विमानस्थलले जनाएको छ । शुक्रबार पनि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एयरलाइन्सले काठमाडाँैँका लागि चार उद्धार उडान गर्ने तालिका रहेको छ ।

    आज आन्तरिकतर्फ सात वायुसेवा कम्पनीले चार्टर्ड उडान गरे । तारा, सीता तथा मनाङ एयर, श्री एयरलाइन्स र समीट एयरका हेलीकोप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार