Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • माओवादी त्याग्दै शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश


    बुधबार, चैत्र १५ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहाले पार्टी परित्याग गरेका छन् ।

    काठमाडौंमा आज बुधबार पत्रकार सम्मेलन गर्दै उनले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । साथै उनी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

    माओवादी परित्यागसँगै उनी जनमतमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रभित्र आफूविरुद्ध जालझेल भएको र राजनीतिक करियर समाप्त पार्ने षड्यन्त्र भएकाले जनमतमा प्रवेश गरेको कुश्वाहको भनाइ छ ।

    गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मत अन्तरल उनी पराजित भएका थिए ।

    यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा कुशवाहालेउम्मेदवारी दिने तयारी गरेका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार