Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • मन्त्रालय भागबन्डा: आज पनि निष्कर्षविहीन गठबन्धन बैठक


    बुधबार, चैत्र १५ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज पनि सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन ।

    मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

    मंगलबार पनि निष्कर्षविहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन । बुधबार अपरान्ह ३ बजे बैठक बस्नेगरी सकिएको छ ।

    बुधबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले मन्त्रालय भागबन्डा, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा सहमति जुटाउने भनिएको थियो ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार