Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोलबजारका मेयर श्रेष्ठमाथि मोबिल आक्रमण, एमालेका कार्यकर्ताद्वारा राजमार्ग अवरूद्ध


    बुधबार, चैत्र १५ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल आक्रमण भएको भन्दै नेकपा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका छन्।

    आज बुधबार बिहान एक घण्टा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए।

    हिजो मेयरमाथि मोबिल छ्यापेको भन्दै उहाँहरूले आज एक घण्टा चक्काजाम गर्नुभएको हो,’ उनले भने, ‘अहिले ‍स्थिति नियन्त्रणमा छ।’

    मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पनि पक्राउ गरेको छ।

    साधुशरण महरालाई प्रहरीले पक्राउ गरेको हो। यस्तै, यस घटनामा संलग्न अन्यको पनि खोजी गरिरहेको कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार