Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • भारतमा भीरबाट लडेर एक नेपाली मजदुरको मृत्यु


    मंगलबार, चैत्र १४ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गतको छिरकिलामा मजदुरी गर्न पुगेका नेपाली कामदारको मृत्यु भएको छ ।

    सोमबार मजदुरी गर्ने क्रममा भीरमा खसेर बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ का ३० वर्षीय कालुराम ओडको मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार मजदुरीका क्रममा मृत्यु भएका नेपाली कामदारको धारचुलास्थित चिकित्सालयमा शवको पोस्टमार्टम गरी शव मंगलबार बैतडी पठाइएको हाे । मजदुरीका क्रममा मृत्यु भएका हुनाले निर्माण कम्पनीले उनको परिवारलाई ५ लाख भारतीय रुपैयाँ सहयोग दिएको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार