Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४३ लाख ६८ हजार नाघ्यो


    बिहिबार, भाद्र ११ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी । विश्वमा दुई करोड ४३ लाख ६८ हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

    सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख  ३० हजार ४०९ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमित मध्ये हालसम्म एक करोड ६८ लाख ९८ हजार ८९१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार २८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  सङ्क्रमितहरु मध्ये ६१ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । 

    चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ६० लाख २ हजार ९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ८३ हजार ६८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५९ लाख ७४ हजार ९९४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ९४ हजार ८१९ जनाको मृत्यु भएको छ । 

    उत्तर अमेरिकामा ७१ लाख ४६९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ६४ हजार ४९५ जनाको मृत्यु भएको छ । युरोपमा ३४ लाख ४५ हजार ७९२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ६ हजार ४७४ को मृत्यु भएको छ । 

    एसिया ६६ लाख १ हजार ५९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ३५ हजार ३३६ जनाको मृत्यु भएको छ । अफ्रिकामा १२ लाख १७ हजार ११३  जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ६७० जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६०० जनाको मृत्यु भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार