वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले आज मंगलबार दुई कट्ठा १० धुर अतिक्रमित जग्गा खाली गराएको छ।
महानगरपालिकाले वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुलनजिक रहेको २ कट्ठा १० धुर जग्गामा भएको अतिक्रमण हटाएको हो।
केही व्यक्तिले वर्षौंदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोग गरिरहेको जानकारी पाएलगत्तै नक्सासहित पुगेको महानगरको टोलीले नापी गरेर सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याएको हो।
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोलीले अहिले अभियान नै चलाएको छ। मंगलबार अतिक्रमण हटाउन महानगर प्रमुख राजेशमान सिंह आफै पुगेका थिए।
महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइएको बताउदै मेयर सिंहले कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई दिन पनि आग्रह गरे।
आफूहरु सार्वजनिक जग्गा संरक्षणमा कटिबद्ध भएर लागेको भन्दै यसमा सबैको सहयोग जरुरी रहेको पनि बताए।
महानगरले गएको फागुनमा मात्रै वडा नम्बर १९ मा करिब १६ विघा जग्गा अतिक्रमण मुक्त गराएको थियो।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend