Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा धरौटी बुझाएर छुटे


    मंगलबार, चैत्र १४ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना धरौटी बिझाएर छुटेका छन्।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज मंगलबार ५ हजार रुपैयाँ धरौटी तिरेर उनीहरूलाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरिक्षक (डिएसपी) निरञ्जन भट्टले जानकारी दिए।

    सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले धरौटी बुझाएर छुटेका हुन्।

    उनीहरूमाथि अभद्र व्यवहारको कसुर लागेको थियो। प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएता पनि धरौटी रकम नबुझाएका कारण हिजो उनीहरूलाई कारागार चलान गरिएको थियो।

    उनीहरूले गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणड सहभागी एक कार्यक्रममा नाराबाजी गरेका थिए। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउ पछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार