Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालले भने- मेराे चरित्र हत्या हुने काम भयाे


    बिहिबार, भाद्र ११ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालले  ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टीप्पणी भनेर बिभिन्न सन्चार माध्यममा आएको कुरा सत्य नभएको बताएका छन्।

    नेता नेपालले एक विज्ञप्ति जारी गर्दै भने,’अझ दुखद कुरा त के छ भने हाम्रै पार्टीका कतिपय जिम्मेवार कमरेडहरू जोडिएका वा उहॉहरूले चलाएका कतिपय मिडियामा कपोलकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर सम्मानित नेताको चरित्र हत्या गरी आत्मसन्तुष्टी लिने नियोजित कोशिस भएको छ।’
     

    प्रेस विज्ञप्ति

    नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टीप्पणी भनेर बिभिन्न सन्चार माध्यममा आएको कुरा सत्य होइन ।

    अझ दुखद कुरा त के छ भने हाम्रै पार्टीका कतिपय जिम्मेवार कमरेडहरू जोडिएका वा उहाॅहरूले चलाएका कतिपय मिडियामा कपोलकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर सम्मानित नेताको चरित्र हत्या गरी आत्मसन्तुष्टी लिने नियोजित कोशिस भएको छ ।

    बिगत लामो समयदेखि पार्टीमा बिधि, प्रक्रिया, प्रणाली र मापदण्डको कुरालाई (अल्पमत, बहुमत वा सर्वसम्मत जे हुॅदा पनि ) उठाउॅदै आउनुभएका उहाॅले अनौपचारिक परामर्शको आधारमा गठन गरी सचिवालय बैठकबाट (उहाॅहरूकै माग बमोजिम) अनुमोदन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सचिवालयको बैठकमै टीप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना गर्ने हुनाले बाहिर गरिएका नियोजित हल्ला एवम् अफवाहमा नपर्न सबैमा सादर अनुरोध गर्दछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार