Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेश विवाद: विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अश्रुग्यास र ढुंगामुढा प्रहार


    मंगलबार, चैत्र १४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । विराटनगरमा कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप भएको छ ।

    पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ ।

    प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् ।प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

    यही ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

    आज मंगलबार प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार