काठमाडाैँ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण पछिल्लो केहि दिनयता नेपालमा पनि दैनिक संक्रमितहरूको ज्यान गइरहेको छ। कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको प्रमुख प्रतिपक्षी दलदेखि स्वास्थ्य विद्हरूको भनाइ छ।
पछिल्लो केहि दिनयता काँग्रेस नेताहरू कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले पर्याप्त तयारी गर्न नसकेको भन्दै सरकारको आलोचना गरिरहेका छन्। सरकारको काम गर्ने शैली र विज्ञहरूको भनाइलाइ आधारमा मान्ने हो भने वर्तमान समयमा मुलुक कोभिड–१९ महामारीको चरणमा प्रवेश गरेको छ।
मुलुक महामारीकै चरणमा प्रवेश गरेको हुनाले दैनिक कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या बढिरहेको छ। सोही क्रममा सरकारले कोरोना भाइरसको संक्रमण अझै केही दिन थप बृद्धि हुने आकलन गर्दै चुनौतिको सामान गर्न तयार रहन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले घना बस्तीमा संक्रमण बढिरहेको बताए। उनका अनुसार केही दिन प्रकोप थप बृद्धि हुने आँकलन गरिएको छ। विभिन्न देशमा विकास भइरहेको कोभिड १९ को खोप नेपालले पनि भित्र्याउन पहल गर्ने उनले आश्वान दिए।
संक्रमणको दायरा बढेपछि सरकारले सचेत रहन चेतावनी पनि दिएको । सरकारले जुन गतिमा संक्रमण बढिरहेको त्यो गति पीसीआर परीक्षणलाइ बढाउन सकेको छैन । जसको फलस्वरूप जनताको अकालमै ज्यान गइरहेको छ। पीसीआरको दायरा नबढाएको भन्दै सरकारको चर्को आलोचना भाइरहेको छ। दैनिक निको हुनेको भन्दा संक्रमितको संख्या बढिरहेको छ। यसैलाइ आधार मान्ने हो भने सरकार कति गैर जिम्मेवार छ भनी सजिलै बुझ्न सकिन्छ।
सोही क्रममा अधिकांस मृतक विरामी भएर अन्तिम चरणमा पुगेपछि अस्पातल आउँदा उपचार कै क्रममा ज्यान गइरहेको छ।आठ वटा जिल्लाका ५ महिला र ३ पुरुष गरी आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष, कास्कीकी ३२ वर्षीय एक महिलाको मृत्यु भएको छ। यस्तै, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छनेपालमा मृत्युदर शून्य दशमलव ५२ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।