Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डलाई भेट्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटारमा


    मंगलबार, चैत्र १४ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

    मन्त्रालय भागबन्डा पेचिलो बनिरहेका बेला अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालालाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । अहिले प्रधानमन्त्री र समाजवादीका नेताहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

    सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ । एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् ।

    आजै साँझ ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकमा कुरा मिले आजै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार