Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावलको आक्रोश– मलाई घचेटिराखे नयाँ पाइला चाल्न सक्छु


    मंगलबार, चैत्र १४ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली। नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने जनाएका छन् ।

    आज मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमान्दार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार