Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिटरब्याज पीडितलाई भेट्न बालुवाटार पुगे गृह मन्त्रालयका सहसचिव


    मंगलबार, चैत्र १४ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ११ दिन पैदल हिँडेर महोत्तरीबाट काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुलाई भेट्न गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायत बालुवाटार पुगेका छन् ।

    सहसचिव शर्माले माग पूरा गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूले कुरा राख्ने आश्वासन दिए । उनले प्रधानमन्त्री समक्ष आफूले कुरा राख्ने उल्लेख गर्दै आन्दोलन फिर्ता गर्न आग्रह गरे ।

    पीडितहरुले भने स्वयम प्रधानमन्त्रीसँग भेटेर नै माग पूरा गर्न आग्रह गर्ने अडान राखेका छन् । त्यसपछि शर्माले प्रधानमन्त्रीसँग भेट्नका लागि आफूले समय मिलाउने र सकेसम्म छिटो प्रधानमन्त्रीलाई भेटाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

    विगतमा भएका सहमतिअनुसार कामहरु अगाडि बढिरहेको पनि उनले बताए ।

    पीडितहरूले काठमाडौं सीडीओसँग आफूहरू खुलामञ्चमा बस्न नपाएकोबारे गुनासो पोखे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार