Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घण्टामा थपिए १,१११ संक्रमित, संक्रमितको संख्या ३५,५२९


    बिहिबार, भाद्र ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १ सय ११ संक्रमित थपिएका छन् ।हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५७ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ६९ जना डिस्चार्ज भएको जानकारी समेत दिएका छन् ।

    हालसम्म २० हजार ७३  जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३  रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२  हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख  ४७ हजार ८८१  जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २ सय १० रहेका छन् । आजसम्म देशभर ९ हजार ४ सय ८८ जना क्‍वारेन्टिनमा रहेका छन् । बागमती प्रदेशमा १५ जना र प्रदेश १ मा दुईजना भेन्टिलेटरमा रहेका छन् । 

    पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार