Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मकवानपुरमा लागूऔषध मुद्दाका ५ जना थुनुवामा कोरोना संक्रमण


    बिहिबार, भाद्र ११ २०७७
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरमा प्रहरी हिरासतमा रहेका पाँचजना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    मकवानपुरको थाहा नगरपालिका–७ का ३०, ५९ र ३० वर्षीय ३ जना तथा बारा जितपुरका २८ र २४ वर्षीय २ जना थुनुवालाई कोरोना देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा पाँचजना थुनुवासहित १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।थुनुवा ५ जना नै लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार