Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शरतसिंह भण्डारीलाई मन्त्री बनाउने लोसपाको निर्णय


    सोमबार, चैत्र १३ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लोकतान्त्रि समाजवादी पार्टी(लोसपा) ले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको उनको राजनीतिक सल्लाहाकार हरिबोल गजुरलले बताएका छन् ।

    उक्त पार्टीका एक नेताले दिएको जानकारीअनुसार गठबन्धनबाट लोसपाले एक मन्त्रालय पाउने वचन पाएको छ । उक्त स्थानमा पार्टी वरिष्ठ नेता भण्डारीलाई मन्त्री बनाउने तयारी भएको उनले जानकारी दिए ।

    लोसपाले ऊर्जा मन्त्रालय दाबी गरेको छ । ऊर्जा नपाए विकासे मन्त्रालयमा पार्टीको दाबी गर्ने उनले जानकारी दिए ।

    लोसपासँग चार सांसद छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार