Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्राधिकरणले नेपाल वायुसेवा निगमलाई सोध्यो स्पष्टीकरण


    सोमबार, चैत्र १३ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ।

    मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदा हुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो।

    क्यानका महानिर्देशक प्रदीप अधिकारीका अनुसार निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरणसमक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको हो। निगमले नियमित उडानको अनुमति नपाएपछि अहिले क्यान समक्ष चार्टर्ड उडानका लागि अनुमति माग गरेको छ।

    ‘निगमसमक्ष काठमाडौं–मलेसियामा सातामा १४ वटासम्म उडान गर्ने सुविधा छ’, उनले भने, ‘तर निगमले हेलचेक्र्याई गरी पुरानो कागजात पठाएकाले उडान अनुमति पाएको छैन।’

    निगमसँग सातामा सात वटा नियमितउडान गर्नसक्ने प्रावधान बाँकी रहँदा पनि चार्टर्ड उडान किन गर्नु परेको भन्दै स्पष्टीकरण सोधिएको उनको भनाइ छ।

    निगमका प्रवक्ता अर्चना खड्काले मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष ‘समर सेड्युल’का लागि मार्च २८ देखि उडान अनुमति माग गरेको बताए। तर प्रक्रियामै रहेकाले अनुमति प्राप्त नभइसकेको उनको भनाइ छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार