काठमाडौँ । सत्ता गठबन्धन दलहरुबीच भागबण्डा नमिल्दा प्रधानमन्त्री पष्ुपकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिएका थिए ।
सरकारको मुख्य घटक नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको अडान छाडेको छैन । नेकपा एकीकृत समाजवादीले गृह, भौतिक पूर्वाधार वा अर्थसहित ३ मन्त्रालय नपाए सरकारमा सहभागी नहुने अड्डी लिइरहेको छ ।
राष्ट्रपति पद नै त्यागेर यो गठबन्धनमा आएकाले नेकपा एसले ३ वटा मन्त्रालयमा अडान राखेको हो । जसपाले ३ मन्त्रालय मागिरहेको छ । उसलाई उपराष्ट्रपति दिएकाले २ मा मनाउने प्रयास भइरहेको छ ।
लोसपा २, नागरिक उन्मुक्ति २, जनमत पार्टी २, प्रभु साह र अमरेश सिंह मिलेर १ मन्त्रालय माग गर्दा भागबण्डा पुर्याउन मुस्किल पर्दैआएको छ । मन्त्रालय २२ वटा छन् । तर २५ भन्दा बढी मन्त्री बनाए पनि भागण्बडा पुर्याउन नसक्ने अवस्था छ । जसका कारण प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन् ।
मन्त्रालयको संख्या नै २५ पुर्याउन पनि आर्थिक संकटको अवस्थामा खर्च बढ्ने भएकाले संभावना छैन । कतिपय पार्टीलाई राज्यमन्त्री बनाएर भए पनि मंगलबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend