काठमाडौँ । सत्ता गठबन्धन दलहरुबीच भागबण्डा नमिल्दा प्रधानमन्त्री पष्ुपकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री प्रचण्डले चैत ६ मा विश्वासको मत लिएका थिए ।
सरकारको मुख्य घटक नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको अडान छाडेको छैन । नेकपा एकीकृत समाजवादीले गृह, भौतिक पूर्वाधार वा अर्थसहित ३ मन्त्रालय नपाए सरकारमा सहभागी नहुने अड्डी लिइरहेको छ ।
राष्ट्रपति पद नै त्यागेर यो गठबन्धनमा आएकाले नेकपा एसले ३ वटा मन्त्रालयमा अडान राखेको हो । जसपाले ३ मन्त्रालय मागिरहेको छ । उसलाई उपराष्ट्रपति दिएकाले २ मा मनाउने प्रयास भइरहेको छ ।
लोसपा २, नागरिक उन्मुक्ति २, जनमत पार्टी २, प्रभु साह र अमरेश सिंह मिलेर १ मन्त्रालय माग गर्दा भागबण्डा पुर्याउन मुस्किल पर्दैआएको छ । मन्त्रालय २२ वटा छन् । तर २५ भन्दा बढी मन्त्री बनाए पनि भागण्बडा पुर्याउन नसक्ने अवस्था छ । जसका कारण प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन् ।
मन्त्रालयको संख्या नै २५ पुर्याउन पनि आर्थिक संकटको अवस्थामा खर्च बढ्ने भएकाले संभावना छैन । कतिपय पार्टीलाई राज्यमन्त्री बनाएर भए पनि मंगलबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend