Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वन मन्त्रालयमा ४५ जना अधिकृत स्तरको अस्थायी दरबन्दी स्वीकृत


    बिहिबार, भाद्र ११ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले वन मन्त्रालयका लागि ४५ जना अधिकृतस्तरको दरबन्दी स्वीकृत गरेको छ । कोरोना संक्रमणको कारण नयाँ दरबन्दी अहिले बन्द अवस्थामा रहेको छ । 

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा आर्थिक वर्ष २०७७/०७८ का लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतका आयोजना र कार्यक्रमहरूका लागि राजपत्राङ्कित श्रेणीका ४५ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा यसको जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार