Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी नामकरणको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदमको परिवारलाई प्रदेश सरकारले ३ लाख दिने


    सोमबार, चैत्र १३ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको चर्को आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

    आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रूपैयाँ दिने निर्णय गरेको प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए ।

    कोशी प्रदेश नामकरणको विरोधमा ५ चैतमा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो ।

    प्रदेश सरकारले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ ।

    मन्त्रिपरिषद बैठकले घटनाको छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने पनि निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार