Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा स्रोत नखुलेको २८ लाख बरामद


    बिहिबार, भाद्र ११ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट। रौतहटको इशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले स्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको छ ।

    इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर ३० एन ९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा एक युवकका साथबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    नेपाल भारत सिमानाबाट लवतनातर्फ आउँदै गरेका इशनाथ–९ का २० वर्षीय दिलीपकुमार साहको साथबाट श्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका उपरीक्षक सूर्यबहादुर सेन ओलीले बताए ।

    मोटरसाइकलको विभिन्न भागमा लुकाएर ल्याउँदै गर्दा बरामद भएको उक्त रकमको बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ओलीले बताए । पछिल्लो समय रौतहटको पश्चिमी नाका हुँदै नेपालतर्फ ल्याइएको श्रोत नखुलेका लाखौं रकम पटक पटक प्रहरीले बरामद गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार