Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनमा मन्त्रालय भागबण्डा भोलि टुंग्याइने


    सोमबार, चैत्र १३ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आज सोमबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

    मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए ।

    तीन शीर्ष नेताबीच भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

    सत्ता गठबबन्धनमा हाल १० दल छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी रहेका छन् । यी बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीले आफू गठबन्धनमा नरहेको भए पनि सरकारमा जाने बताउँदै आएको छ ।

    गठबन्धन बैठकले ११ पार्टीलाई समेटेर २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने छ । यसका लागि गरिने भागबन्डा गठबन्धनका लागि चुनौतीपूर्ण देखिएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार