जुम्ला । निषेधज्ञाका कारण जुम्लाको स्याउ बजारमा लान नपाएपछि बजारमै थुप्रिएको छ । जुम्लाको चन्दननाथ नगरपालिका–४ का किसान हरिदत्त न्यौपानेले बगैँचामा टिपेर राखेको स्याउ बजार लैजान पाएका छैनन् । कोरोना भाइरस संक्रमण फैलिन नदिन लगाएको निषेधाज्ञाका कारण गत वर्ष जस्तो यस वर्ष सहज नहुँदा किसान मर्कामा परेका छन् । उत्पादित स्याउ बजारमा लान नपाएपछि किसानको ठूलो लगानी डुब्ने भएको छ ।
तस्बिरः विजय रावत, रासस