काठमाडौं । नेपालीलाई भूटानी शरणार्थी बनाउँदै यूरोपदेखि अमेरिकासम्म पठाउने गिरोहका मुख्य नाइके पूर्व परराष्ट्र मन्त्री तथा नेपाली नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका निजी सचिव केशवप्रसाद दुलाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार दुलाललाई पक्राउ गरेपछि उनको गिरोहमा को को छन्, तिनको पनि प्रहरीले खोजी गर्ला कि राजनीतिक दबाबमा दुलाललाई उन्मुक्ति देला भन्ने शंका उपशंका प्रकट हुन थालेका छन् ।
कीर्ते कागजात तयार गरी नेपालीलाई भूटानी शरणार्थी बनाउने समूहको मुख्य नाइके आवरणमा दुलाल देखिएका छन् । तर उनको यस्तो गैरकानुनी धन्दामा गृहमन्त्रालय अन्तर्गत प्रशासन कार्यालयका कर्मचारीदेखि परराष्ट्र मन्त्रालयका अधिकारीसम्मको संलग्नता विना भूटानी शरणार्थीलाई नेपाली बनाउन संभव नै नभएको प्रहरीका अधिकारी बताउँछन् ।
दुलालले पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाको आडभरोसामा नेपालीलाई भूटानी शरणार्थी बनाएर पठाउने ४ बर्षदेखि तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का पालादेखि गर्दैआएको स्र्रोत बताउँछ ।
नेपालीलाई भूटानी शरणार्थी बनाउने र अमेरिका पठाउनेसम्मको दुलाल गिरोहले प्रतिब्यक्ति २० देखि ३० लाख रुपैयाँसम्म उठाएको र प्रहरीले गहन अनुसन्धान गरेमा यसमा करोड होइन, अरब नै संकलन गरिएको हुनसक्ने स्रोत बताउँछ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा ८१ जना नेपालीलाई दुलाल समूहले भूटानी शरणार्थी बनाएर विदेश पठाएको फेलापारेको छ । स्रोतका अनुसार राजनीतिक दबाब चिरेर यसको बिस्तृत अनुसन्धान प्रहरीले गर्न सकेमा अरब नै उठाएको फेलापर्नेछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend