काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो।
छातीमा समस्या आएपछि भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगेकी उनमा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
बाँकेमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।