Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • राष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन : रघुजी पन्त


    आइतबार, चैत्र १२ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमाले नेता रघुजी पन्तले राष्ट्रपतिलाई सल्लाहकार नचाहिने बताएका छन् ।

    आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री र मन्त्रिपरिषद्को सल्लाहमा चल्नुपर्ने राष्ट्रपतिलाई सल्लाहकार र विज्ञ नचाहिने बताएका हुन् ।

    राष्ट्रपतिले सल्लाहकार र विज्ञ राख्ने कानुन संशोधन गरेर हटाउनुपर्ने बताउँदै उनले अन्यता राष्ट्रपतिलाई छुट्टै पावर सेन्टरको रूपमा काम गर्ने कानुनी प्रावधान राखेमा संसदीय प्रणालीलाई कमजोर बनाउने बताए ।

    साथै उनले उपराष्ट्रपतिको काम नै नभएकाले राष्ट्रियसभाको अध्यक्षको अवधि सकिएपछि कानुन संशोधन गरेर उपराष्ट्रपतिले राष्ट्रियसभाको अध्यक्षता गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार