काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज आइतबार तीन एटीसीलाई कारबाही गरेको छ । एकै समयमा एकै उचाइमा उडानको अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीन एटीसीलाई कारबाही गरेको क्यानले जनाएको छ ।
गत शुक्रबार ९ बजे नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटमा र एयर इण्डियाको जहाज त्योभन्दा तल उडान गर्न अनुमति दिएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
उनले सो विषयमा छानबिन गर्न एउटा कमिटी गठन गरिएको र सो कमिटीको अध्ययन प्रतिवेदन नआएसम्मका लागि एक्टिभ पोजिशनबाट एटीसीलाई हटाइएको बताए ।
प्राधिकरणले उनीहरूको नाम भने खुलाउन नमिल्ने बताएको छ । दुई जहाज एकै ठाउँमा होल्ड गर्दा कम्तीमा हजार मिटर उचाइको दूरी हुनुपर्ने प्रावधान छ । तर, सोभन्दा कम दुरीमा दुई जहाज होल्ड भएको प्राधिकरणले जनाएको छ । एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका थिए।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend