काठमाडौं । पछिल्लो समय अर्थमन्त्री युवराज खतिवडाको त्यति खुशी देखिँदैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विशेष आत्मिय भाव’ का कारण राष्ट्रिय सभामा मनोनित भइ देशको ढुकुटी चलाउन पाएका खतिवडाको अनुहार अलि फरक देखिन थालेको छ। सधैं खिस्स हाँस्ने स्वभावका खतिवडाको स्वभाव पनि परिवर्तन भएको बताउँछन् उनका निकटस्थहरु।
उनको अनुहारको तेज हराउने गरी टेन्शन बढ्नुको कारण भने पछिल्लो राजनीतिक गतिविधि रहेको बुझ्न कठिन छैन । नेकपाको जारी विवादका मन्त्रिपरिषद् पुनर्गठनको तयारी भैरहेको छ। यतिबेला प्रम ओलीले नेकपा विवाद मिलाउनका लागि शक्तिशाली मन्त्रालयहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहलाई दिनु पर्ने अवस्थामा छन् । अर्थमन्त्रालयमा माधव नेपाल निकट मानिएका सुरेन्द्र पाण्डेको दावी रहेको छ । यो खबर बाहिरिएसँगै भने खतिवडाको अनुहारको चमक हराएको बताइन्छ ।
गत फागुन २० मा खतिवडाको राष्ट्रिय सभाको दुई वर्षे पदावधि सकिएको थियो । सोही दिन खतिवडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पदबाट राजीनामा दिए । तर त्यसको भोलिपल्ट उनी फेरि दुबै मन्त्रालयको जिम्मेवारी सहित मन्त्री पदमा नियुक्त भए ।
संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ । साथै मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधान पनि रहेको छ ।
अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिबाट गरिने मनोनयनको सिट बाँकी छ । यसअघि अर्थमन्त्री खतिवडा त्यो सिट आफूले पाउनेमा ढुक्क थिए । तर प्रम ओलीले यसअघि त्यो सिट नेकपा उपाध्यक्ष वामदेव गौतमलाई अफर गरेपछि खतिवडा यसअघि नै अप्ठ्यारोमा परिसकेका थिए । वामदेवले सो प्रस्ताव अस्वीकार गरेसँगै खतिवडा पुन: ढुक्क हुन सके । सो सांसद पद पनि प्रम ओलीले आफ्ना विरोधी समूहमा दिनुपर्ने अवस्था आएको चर्चा चलेको छ ।
तर पछिल्लो राजनीतिक घटनाक्रमका कारण भने खतिवडाको पद जोगिने सम्भावना पातलिएको देखिएको छ ।
खतिवडाले दोस्रोपटक मन्त्री पदको शपथ ग्रहण गरेको ६ महिना अवधि पूरा हुँदैछ । आगामी भदौ १९ गते उनको अवधि पूरा हुँदैछ । तर अन्तिम सयमसम्म पनि आफूलाई पुन: राष्ट्रिय सभामा मनोनयन गर्न इच्छा प्रधानमन्त्रीमा देखिएको छैन ।
यता मन्त्रिमण्डल हेरफेर भइ मन्त्री पद खुस्कने, उता सांसद पद पनि नलम्बिने खतरा बढेकाले खतिवडाको टेन्शन बढेको बुझिएको छ ।
पुन: सांसद पद पाएका भए खतिवडाले अबको ६ वर्षसम्म ढुक्कसाथ माननीय हुन पाउँथे । यस्तै पूरा पाँच वर्ष अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने पहिलो व्यक्ति पनि बन्न सक्ने सम्भावना पनि थियो खतिवडासँग ।
तर आफूलाई सांसद बनाउन प्रम नहतारिएसँगै खतिवडाले पद धरापमा परेको बुझिसकेका छन् । यस्तो सुनौलो अवसर गुमाउँदा अनुहारको भाव बिग्रनु स्वभाविक रहेको विश्लेषण भैरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend