Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान


    आइतबार, चैत्र १२ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    आज आइतबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि सम्बोधन गर्दै उनले प्रहरीमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । उनलाई गृह सचिव विनोदप्रकाश सिंहले उनलाई महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

    उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै पूर्वाग्रहको भावना नराखी निष्पक्ष रूपमा काम गर्ने बताएका हुन्।

    संविधानले मार्ग निर्देशित गरेको काम र मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्ने पनि उनले बताए।

    गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको थियो। धिरजप्रताप सिंहले अवकाश पाएसँगै उनलाई आइजिपीमा नियुक्त गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार