Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्सामा थपिए ३३ जना कोरोना संक्रमित, स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीमा पनि संक्रमण


    बिहिबार, भाद्र ११ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । बिहीबार पर्सा, बारा र रौतहटमा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    प्रयोगशालमा गरिएको ५ सय १० वटा नमुना परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

    संक्रमितमध्ये २१ जना पर्साका छन् । तीमध्ये दुई जना सशस्त्र प्रहरी जवान र दुई जना स्वास्थ्यकर्मी रहेका छन् ।

    यस्तै बाराका पाँच जना संक्रमित छन्, रौतहट गौरका तीन जना कैदीबन्दी र जीतपुर ब्यारेकका एक जना नेपाली सेनाको पीसीआर परीक्षण पोजेटिभ आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार