Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनमा भागबन्डा: रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– सोमबारसम्म पूर्णता दिने


    आइतबार, चैत्र १२ २०७९
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले भोलि सोमबारसम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने जनाएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

    नेकपा माओवादी केन्द्रको हिजो शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो भने कांग्रेसको पदाधिकारी बैठकले पनि सोमबारसम्म विस्तार हुने भएकाले सरकारमा सहभागीहरुको नामावली आइतबारसम्म टुंगो लगाउने बताएको थियो ।

    कांग्रेसको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

    कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारीअनुसार सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भएको छ ।

    आफूहरु आन्तरिक छलफलमै रहेकाले आइतबारसम्ममा कांग्रेसले पनि नामावली टुंगो लगाउने तयारी गरेको छ ।

    कांग्रेसमा पदाधिकारीले नै नेतृत्त्व गरेर सरकारमा जाने विषय करिब टुंगो लागे पनि कसको नेतृत्त्व भन्ने टुंगो लागिनसकेको एक पदाधिकारी बताउँछन् ।

    तर उनले उपसभापति पूर्णबहादुर खड्काकै नेतृत्त्वमा पठाउन सभापति शेरबहादुर देउवा तयार भएको बताए ।

    माओवादीको बैठकमा प्रचण्ड सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा बताएका थिए ।

    उनी निकट एक नेताले दिएको जानकारीअनुसार प्रधानमन्त्री रहेको पार्टी नेकपा माओवादीले पाँचवटा मन्त्रालयको जिम्मेवारी लिनेछ ।

    कांग्रेसको दाबी ८ रहेकाले सकेसम्म ८ वटै मन्त्रालय दिने तयारी प्रधानमन्त्रीले गरेका छन्।

    त्यसैगरी रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, नेकपा एकीकृत समाजवादी पार्टीलाई ३, जसपालाई २, बाँकी रहेका साना दललाई एक एक वटा मन्त्रालय दिने तयारी छ ।

    प्रधानमन्त्रीले आफू निकटका नेताहरुसँग रास्वपासहितका पार्टीलाई सरकारमा सहभागी गराउने तयारी भएकाले विस्तारमा ढिलाई भएको बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार