Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किष्ट अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु


    बिहिबार, भाद्र ११ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । किष्ट अस्पतालको उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। अर्घाखाँची स्थायी घर भएका उनको बुधबार राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

    मृतक पुरुष केही समयदेखि उपत्यकामा बस्दै आएका थिए। उनलाई गत ७ गते अस्पताल भर्ना गरी आईसीयूमा उपचार भैरहेको थियो।

    उनीलाई निमोनिया देखिएसँगै आईसीयूमा भर्ना गरिएको र पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । 

    बिहीबार नै पाटन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ। साथै वीरगन्जमा पनि एकजना गर्भवती महिला सहित दुई जनाको मृत्यु भएको छ।

    योसँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार