काठमाडौं । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एकदिने झोल साबुन बनाउने तालिम शनिबार सम्पन्न भएको छ ।
संस्थाको व्यवसाय प्रवद्र्धन उप–समितिको संयोजनमा सम्पन्न तालिममा संस्थाका निवर्तमान अध्यक्ष तुल्सीराम ग्वाछाले प्रशिक्षक दयालक्ष्मी त्वातीलाई तालिम सामग्री हस्तान्तरण गरी तालिम उद्घाटन भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बलराम गोसाईले सफाइको महत्वलाई झल्काउन सावुन बनाउने तालिम दिएको बताए । तालिमपछि व्यवसायीक बन्न औपचारिक रुपमा सम्बन्धित निकायमा व्यवसाय दर्ता गरी व्यवसाय गर्नुपर्ने कुरालाई उनले जोड दिए ।
कार्यक्रमको उद्घाटनमा व्यवसाय प्रवद्र्धन उप–समितिका संयोजक नाती तुईतुई, संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवां, सचिव हरिकृष्ण दनेगुलु, व्यवसाय प्रवद्र्धन उप–समितिका सदस्य कृष्णमाया कवां र प्रशिक्षक दयालक्ष्मी त्वातीले पनि तालिमको महत्वको बारेमा आ–आफना विचार व्यक्त गरेका थिए । तालिममा १८ जना प्रशिक्षार्थीहरु सहभागी थिए । तालिमपछि उनीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend