Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी पदाधिकारी बैठकपछि सचिव पौडेलले भने – सोमबारसम्म मन्त्रिपरिषद विस्तार हुन्छ


    शनिबार, चैत्र ११ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । आज पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म सत्ता गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् ।

    उनले भने– ‘सबै दलहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो । त्यस अनुसार मोटामोटी छलफल भएको र अब प्रस्ताव आइतबारसम्म तयार हुन्छ । ढिलोमा सोमवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने कुरा छ ।’

    यस्तै, गठबन्धन दलहरूसँग छलफल गरेर संसद्को कारबाही प्रभावकारी बनाउने र टिआरसी लगायतका विधेयक पारित गर्नेबारे बैठकमा छलफल भएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार