काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि बारा २ मा उम्मेदवारी दिने पक्कापक्की भएसँगै उनलाई तराई मधेसकेन्द्रित दल जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)ले सत्तारुढ १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नदिने रणनीति बनाएका छन्।
आसन्न उपनिर्वाचनमा बारा २ मा कुनै पनि अवस्थामा उम्मेदवारी दिने जनमत पार्टीका नेताहरूको भनाइ छ। लोसपाको शुक्रबार बसेको कार्यकारिणी बैठकले बारा २ मा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। बारा २ जसपाका अध्यक्ष यादवविरुद्ध जनमत र लोसपाले मोर्चाबन्दी गर्ने भएका छन्। जसपाका नेताहरू भने बारा २ मा सत्तारुढ १० दलीय गठबन्धनबाट यादवलाई साझा उम्मेदवार बनाउन प्रयास गरेका छन्।
जसपाका नेताले जति प्रयास गरे पनि यादव बारा २ मा १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नसक्ने ठोकुवा जनमत पार्टीका महासचिव चन्दन सिंहले गरे। ‘बारा २ मा हामी कुनै पनि अवस्थामा उम्मेदवार दिन्छौं। हामी मित्रवत् प्रतिस्पर्धा गर्छौं,’ सिहंले भने, ‘बारा २ मा हामीले पनि उम्मेदवारी दिने भएपछि उहाँ (यादव ) सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्न सक्नुहुन्न ।’
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend