Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोसपा र जनमतले उपेन्द्रलाई उपनिर्वाचनमा साझा उम्मेदवार बन्न नदिने


    शनिबार, चैत्र ११ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि बारा २ मा उम्मेदवारी दिने पक्कापक्की भएसँगै उनलाई तराई मधेसकेन्द्रित दल जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)ले सत्तारुढ १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नदिने रणनीति बनाएका छन्।

    आसन्न उपनिर्वाचनमा बारा २ मा कुनै पनि अवस्थामा उम्मेदवारी दिने जनमत पार्टीका नेताहरूको भनाइ छ। लोसपाको शुक्रबार बसेको कार्यकारिणी बैठकले बारा २ मा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। बारा २ जसपाका अध्यक्ष यादवविरुद्ध जनमत र लोसपाले मोर्चाबन्दी गर्ने भएका छन्। जसपाका नेताहरू भने बारा २ मा सत्तारुढ १० दलीय गठबन्धनबाट यादवलाई साझा उम्मेदवार बनाउन प्रयास गरेका छन्।

    जसपाका नेताले जति प्रयास गरे पनि यादव बारा २ मा १० दलीय गठबन्धनबाट साझा उम्मेदवार बन्न नसक्ने ठोकुवा जनमत पार्टीका महासचिव चन्दन सिंहले गरे। ‘बारा २ मा हामी कुनै पनि अवस्थामा उम्मेदवार दिन्छौं। हामी मित्रवत् प्रतिस्पर्धा गर्छौं,’ सिहंले भने, ‘बारा २ मा हामीले पनि उम्मेदवारी दिने भएपछि उहाँ (यादव ) सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्न सक्नुहुन्न ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार