Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश अस्पतालका सुर्खेतका ६ चिकित्सकमा सङ्क्रमण, ओपीडी सेवा बन्द


    बिहिबार, भाद्र ११ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कर्णाली । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् ।

    अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताउनुभयो । हाल कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्र्ने निर्देशक खड्काको भनाइ छ । यस अघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार