काठमाडौं । देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजाअनुसार देशभर एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । यस हिसाबले कुल जनसङ्ख्याको ५३ दशमलव ७९ प्रतिशत आयआर्जनमा संलग्न देखिएको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, जसमध्ये पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ (४८ दशमलव ९८ प्रतिशत) र महिला एक करोड ४९ लाख ११ हजार २७ (५१ दशमलव ०२ प्रतिशत) छ ।जनगणनामा जुनसुकै काम जति पनि अवधिका लागि गरेका वा काम खोजेका १० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिलाई मात्र आर्थिक रूपमा सक्रिय व्यक्तिअन्तर्गत राखिएको छ ।
यसअन्तर्गत दुई करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्ति पर्छन् । त्यसमध्ये ६५ दशमलव ५ प्रतिशत अर्थात् एक करोड ५६ लाख ८९ हजार ७७७ जना मात्रै आयआर्जनमा संलग्न देखिएको हो । बाँकी ८२ लाख ११ हजार १२ जना भने आर्थिक रूपले निष्क्रिय छन् अर्थात् उनीहरू आयआर्जनमा संलग्न छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend