Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अदालतको फैसलापछि राहुल गान्धीको सांसद पद खारेज


    शुक्रबार, चैत्र १० २०७९
    2.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अदालतको फैसलासँगै भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । बीबीसी हिन्दीले गान्धीको संसद् सदस्या रद्द भएको लेखेको छ ।

    बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई मानहानीको मुद्दामा दोषी ठहर गरेको थियो । गान्धी दोषी ठहर भएसँगै कानुनअनुसार उनी सांसद हुन अयोग्य ठहर भएका हुन् ।

    सन् २०१९ मा एक राजनीतिक सभामा गान्धीले ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण उनलाई मानहानीको मुद्दामा दोषी ठहर गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार